नवलपरासीको पाल्हिनन्दनबाट लागुऔषधसहित ४ जना पक्राउ


नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका- ४ लोहरौलीबाट लागुऔषधसहित ४ जना युवाहरु पक्राउ गरेका छन । पक्राउ पर्नेहरुमा पाल्हिनन्दन गाउँपालिका- ३ बेलासपुर बस्ने वर्ष ३० को जमालुद्दिन नाँउ, सोही स्थानमा वस्ने वर्ष २४ को बिक्रम सहानी, वर्ष २२ को सन्तोष गोसाई र पाल्हिनन्दन गाउँपालिका- ४ लोहरौली वस्ने वर्ष २५ को सोनु पटेल रहेको प्रहरी जानकारी दिए ।
लागुऔषध ओसारपसार भैइरहेको भन्ने प्राप्त गोप्य सुचनाको आधारमा गेर्मीबाट खटिएको प्रहरी टोलीले लोहरौलीस्थित नेशनल गेष्ट हाउस एण्ड खाजा घरमा चेकजाँच गर्ने क्रममा गेष्टहरु बस्ने कोठा भित्र खात माथि सोनु पटेलले गन्ती गरिरहेको अवस्थामा उनीहरुलाई मंगलबार बेलुकी ८ बजे पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट विभिन्न नाम उल्लेख गरेका लागुऔषध १५० पिस एम्पुल, रेड्मी नोट १५ एस कम्पनीका मोबाइल १ थान र ओप्पो कम्पनीका मोबाइल २ थान रितपुर्वक बरामद गरी नियन्त्रणमा लिईएको कार्यालयका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी सम्मानित अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भैइरहेको बोहराले बताए ।























