राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछान विरुद्ध उजुरी

नवलपुर टुडे
२०८० माघ ३ | मध्यान्ह ०५:१० बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको पैसा अपचलन गरेको भन्दै सहकारी विभागमा उजुरी परेको छ । सहकारी ठगी प्रकरणमा जिबी राई र लामिछाने सहभागी भएको भन्दै पीडितहरुले उजुरी दिएका हुन्।
राई र लामिछानेले गोरखा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टिभीमा सहकारीको पैसा लगानी गरेका थिए । उनीहरुले तीनवटा सहकारीमा सर्वसाधरणले जम्मा गरेको ५२ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ।
उनीहरुले बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख, साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र पोखराको सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ लिएर तिरेका छैनन्।























