अपराध

सिबि गहतराजकाे घिनलाग्दाे हर्कत

नवलपुर टुडे
२०८० माघ २ | मध्यान्ह ०३:१० बजे

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालकाे केन्द्रीय अध्यक्ष बताउने सिबि गहतराजकाे घिनलाग्दाे हर्कत र दाेहाेराे चरित्र छरपस्ट भएकाे छ।

तत्कालिन माओवादीबाट ख्रीष्टियन धार्मिक समुदामा छिरेर आर्थिक तथा सामुदायिक परिचय बदल्न सफल पनि भए तर उनमा रहेकाे राजनीति चाह भने मरेन र गत बर्ष सम्पन्न संसदिय निर्वाचनका लागि सामाजिक एकता पार्टीनै दर्ता गरेर विभिन्न ठाउँबाट माओवादीलाई कमजाेर बनाउन उम्मेदवार उठाए तर हार्ने डरले आफु भने उठेनन्।

साेहि निर्वाचनमा एक सिट पनि हात नलागे पछि पुन: महासंघमै फर्केर चुनावमा असयाेग गरेकाे भन्दै आफू अनुकुल नरहेकाे सदस्यहरुलाई निलम्वन समेत गरेकाे निलम्वित सदस्यहरुकाे गुनासाे छ।

महासंघकाे विधान अनुसार दुई कार्यकाल भन्दा बढि एकै ब्यक्ति अध्यक्ष रहन निमिल्ने प्रावधान रहे पनि आफु अनुकुल नरहने सदस्यहरुलाई अनायासै फाल्दै नायाँ मानिस भर्ति गरेर हैकम चलाउने गहतराज बठ्याइँ गर्दा गर्दै नक्कली शैक्षिक प्रमाण पत्रकाे किर्ते अभियाेगमा मंसिर महिना मात्र १४ दिन प्रहरी हिरासतमा बसेर ७० हजार धराैटी बुझाएर निस्किएका हुन्।

केही समय पहिला सम्पति सुद्धिकरणमा समेत मुछिएका गहतराज समुदाय भित्रका सयाैँ पास्टरहरुकाे लाखाैँ रकम लिएर नतिर्ने ठगकाे परिचय बाेकेका नैतिक पतन मात्रै हैन चरित्र हिन समेत रहेकाे उनी सगै १५ बर्ष देखि सहयात्रा गरेका ब्यक्ति बताउँछन्।

आफु महासंघमा रहेर श्रीमती लैला कुमारी गहतराजकाे नाममा अर्काे कम्पनीसमेत खाेलेर संस्थाकाे नाममा ख्रीष्टियनहरुकाे हितकारी काम गर्ने भनी बिभिन्न देशहरुबाट हुण्डि मार्फत कराेडाैँ रकम ल्यायर लैला कुमारीकाे नाममा रहेकाे कम्पनी मार्फत जमिन किनेकाे र त्यसमा प्रे टावर बनाउन सम्बन्धित वडा कार्यालयमा डिपिआरकाे लागि प्रक्रिया अघि बढाईएकाे समेत उनकाे कम्पनीमा कार्यरत एक कर्मचारीले बताए।

आफुले लिएकाे रकम फिर्ता गर्नै नजान्ने दुई टाउके एकपेटे गहतराज कर्मचारीहरुलाई काम लगायर पारिश्रमिक समेत दिँदैनन्। आफुलाई महासंघकाे अध्यक्ष हुँ भन्ने गहतराजले महासंघकाे सुरक्षार्थ राखिएकाे सुरक्षा गार्डलाई महिनाैँ काम लगाएर एक लाख भुक्तानी समेत नदिई फिर्ता गरेकाे बुझिएकाे छ भने कार्यालय सचिब भनेर काम लगाएका एक कर्मचारी समेतलाई तलब नदिई हटाएकाे त्यी कर्मचारीले दुखेसाे पाेखेका छन्।

महासंघले केही बर्ष अघि चितवनमा गरेकाे राष्ट्रिय भेलाकाे ९ लाख नतिरिदिँदा साे कार्यक्रम गर्ने हलहरुकाे बन्दाेबस्त मिलाई दिने ब्यक्ति च्यापिएका छन् भने महासंघमै सहअध्यक्ष समेत रहेका एक महर्जन थरका ब्यक्तिले आफू जमानी बसेर सिबिलाई १७ लाख दिलाएकाे र ६ बर्षसम्म पनि फिर्ता नदिएकाेले मानसिक रुपमै तनावग्रस्त रहेकाे समेत महर्जनका निकटतमले बताए।

बाईबलकाे वचन हेर्नेहाे भने पनि एक नाेकरले दुई मालिककाे सेवा गर्न सक्दैन भन्छ तर गहतराज भने सामाजिक एकता पार्टी र ख्रीष्टियन महासंघ दुबैकाे अध्यक्ष रहेर हालि मुहाली गर्न चाहन्छन्।

यति मात्र हैन उनी आफु महासंघ र पार्टीकाे समेत अध्यक्ष भन्ने गहतराज विभिन्न ठाउँमा पत्रकार सम्मेलन र कार्यक्रमहरु गर्दै हिन्छन् तर हलकाे समेत पैसा तिर्दैनन्,यति कि सामाजिक एकता पार्टीकाे लागि चुनाब प्रचार प्रसारमा तयार गरिएकाे झण्डा प्रिन्ट, फ्लेक्स प्रिन्ट गरेकाे लाखौं रकम समेत अझै तिरेनन्।

गहतराजले अध्यक्ष दावी गरिरहेकाे महासंघकाे बिधानले भने जसरीनै उनी चल्ने हाे भने उनकाे आफ्नाे चर्च छैन, उ आफु ख्रीष्टियन समेत नरहेकाे बिज्ञ पास्टरहरु बताउछन्। नाम एक रुप अनेक भएका गहतराजका कारण आईसियुमा रहेकाे राष्ट्रिय ख्रीष्टियन महासंघलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि कुनै निर्णय दिन नसकेकाे अवस्थामा छ ।

बैंककाे कालाे सुचिमा समेत परिसकेका गहतराज अध्यक्ष रहन चाहेकाे महासंघ अब कसरी अघि बढ्ने भन्ने अन्याेलता देखिएकाे छ । याे अवस्थामा महासंघलाई पुर्‍याउनुमा १००% सिबि गहतराज दाेषि देखिएका छन्।

कमेन्टहरु