सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्ने विरुद्ध गौशाला २६ ले दिइन् साइबर ब्युरोमा उजुरी

जगत ठाडा मगर
२०८० पुस २७ | बिहान ११:०९ बजे

काठमाडौं, पुस २७ । बलात्कार पीडित गौशाला २६ ले सामाजिक सञ्जालमा आफ्नो तस्बिर सार्वजनिक गरिएको भन्दै साइवर ब्युरोमा उजूरी दिएकी छन् ।
उनको उजुरी पश्चात् तस्बिर सार्वजनिक गर्नेहरूलाई साइबर ब्युरोले खोजतलास गर्न थालेको छ । साइवर व्युरोका प्रवक्ता पशुपति रायका अनुसार गौशाला २६ को फोटो भन्दै सामाजिक सञ्जालभरी फोटो सार्वजनिक गर्ने नेपाली अर्गनाइजर तथा अन्य विभिन्न नामक एकाउन्टहरुको खोजीकार्य भइरहेको छ ।
साइबर ब्युरोका इन्सपेक्टर राजकुमार खड्कीका अनुसार कुनै पनि पीडित युवतीको फोटो सार्वजनिक गर्न पाइँदैन । यस्तो कसुर गर्नेलाई साइबर क्राइमको मुद्दामा कारबाही हुने कानुनी व्यवस्था छ ।























