नेपाल क्रिकेट संघले गर्यो सन्दीप लामिछानेलाई निलम्बन


काठमाडौ, पुस २६ । जिल्ला अदालत काठमाडौंले नाबालिगमाथि जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद सजाय सुनाएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ ।
सन्दीपलाई अदालतले दोषी ठहर गरी साजय निर्धारण गरेको हुनाले अदालतको आदेशलाई पालना गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ ।
यसअघि जिल्ला अदालत काठमाडौका न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई पुस १३ गते जबर्जस्ती करणी मुद्दामा ठहर गरेको थियो । बुधबार बसेको न्यायाधीश ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।
लामिछानेले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको इजलासले ठहर गरेको थियो । पीडित नाबालिग भएको भनेर वादीपक्षले गरेको दावी भने अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको थियो ।
२०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।























