मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको निधन

जगत ठाडा मगर
२०८० पुस २६ | बिहान ०९:०९ बजे

धनगढी, पुस २६ । कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्काको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ ।
गएराति भीमदत्त नगरपालिका-६ ऐठीपुरस्थित भित्री सडकमा उनले चलाएको म १ प ४८५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्ष खड्काको निधन भएको हो ।
कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी प्रकाश डाँगीका अनुसार आज बिहान मोटरसाइकल दुर्घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल पुगेको प्रहरीको टोलीले दुर्घटनाग्रस्त मोटरसाइकल र वडाध्यक्ष खड्कालाई मृत फेला पारेको डिएसपी डाँगीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।























