सन्दीपलाई सजाय : ८ वर्ष कैद, ३ लाख जरिवाना र पीडितलाई २ लाख क्षतिपूर्ति

जगत ठाडा मगर
२०८० पुस २५ | मध्यान्ह ०५:०९ बजे

काठमाडौँ, पुस २५ । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौ जिल्ला अदालतले ८ वर्ष कैद सजायसहित ३ लाख जरिवानाको फैसला सुनाएको छ । अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीप विरुद्ध सजाय, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको हो ।
साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ । यसअघि गत पुस १३ गते न्यायाधीश ढकालको इजालासले लामिछानेलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । जसअनुसार बुधबारका लागि सजाय निर्धारणका लागि पेसी तोकिएअनुसार ८ वर्ष कैद सजाय र जरिवानाको फैसला भएको हो ।
यसैबीच लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका हुन् ।























