नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेशका सचिवद्वारा पार्टी परित्याग

नवलपुर टुडे


बुटवल, पुस २४ । नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेशका सचिव राजु गुरुङले पार्टी परित्याग गरेका छन् । पार्टीको जिम्मेवारी निर्वाह गर्न नसक्ने भन्दै उनले आज पद छोडेको घोषणा गरेका हुन् ।
आज अध्यक्ष माधव कुमार नेपाललाई सम्बोधन गरी गुरुङले लेखेको राजीनामा पत्रमा पार्टीको सदस्यतासमेत त्यागेको उल्लेख छ । ‘म नेकपा (एकीकृत समाजवादी) पार्टीको सदस्यता र पार्टीले मलाई सुम्पेको केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेश समितिको सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएको हुँदा यो राजीनामा पेश गरेको छु । तसर्थ, मेरो राजीनामा स्वीकृत गरी सहयोग गरिदिनुहुन अनुरोध छ’, राजीनामा पत्रमा भनिएको छ ।
युवा नेता गुरुङ रुपन्देहीमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । उनी गत प्रतिनिधिसभामा रुपन्देही –२ मा सत्ता गठबन्धका साझा उम्मेदवार थिए । तर, पछि बैंकिङ्ग कसुरको अभियोगमा उनको उम्मेदवारी खारेज भएको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















