राजनीति

एमालेले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै पदमा उम्मेदवारी दिने

जगत ठाडा मगर
२०८० पुस २० | मध्यान्ह ०५:०९ बजे

काठमाडौँ, पुस २० । नेकपा (एमाले)ले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा १९ वटै पदमा उम्मेदवारी दिने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले १९ वटै पदमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे प्रारम्भिक छलफल भएको र थप छलफल गरेर पार्टीले निर्णय गर्ने उनले बताए । 

‘प्रदेश कमिटीले प्रत्येक क्लस्टरमा ३ जनाको नाम सिफारिस गर्नुभएको छ । ती नामका बारेमा छलफल गरेका छौ । कतिपय क्लस्टरमा थप छलफल गर्नुपर्ने भएको छ’, बैठकपछि पोखरेलले भने, ‘थप छलफल र प्रस्ट भएपछि पुस २३ गते १९ वटै पदमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौ ।’

कमेन्टहरु