ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने

जगत ठाडा मगर
२०८० पुस २० | मध्यान्ह ०१:०९ बजे

काठमाडौं, पुस २० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बालकोट पुगेका छन् ।
अध्यक्ष ओली र सभापति लामिछानेबीच शुक्रबार मध्याह्न भेटवार्ता भएको हो । उहाँहरूबीच अहिले भेटवार्ता जारी रहेको एमालेका एक नेताले बताए ।
रास्वपा सभापति लामिछानेले यसअघि पनि अध्यक्ष ओलीसँग भेट्न समय माग गरेका थिए । ओली एमालेको मध्यपहाडी यात्रामा भएका कारण उनीहरुबिच भेट हुन सकेको थिएन ।






















