गठबन्धन बैठक सकियो

नवलपुर टुडे


काठमाडौँ । राष्ट्रियसभाको सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन चार दलबिच छलफल भएको हो । छलफलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी थिए ।
गठबन्धनको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारसँग एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलको बिफ्रिङ गरेका थिए । एमालेले राष्ट्रियसभामा ६ सिट माग गरेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सुनाएका थिए । एमालेलाई समेटेर जाने कुरामा कांग्रेस र माओवादी सकारात्मक देखिएपनि एकीकृत समाजवादी र जसपाको विमति देखिन्छ ।
यद्यपि आज साँझ कांग्रेस, माओवादी र एमालेबिच राष्ट्रियसभाको सिट बाँडफाँटका विषयमा छलफल गर्न बैठक बस्दै छ । कांग्रेस नेता रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा सत्ता र प्रतिपक्ष सहकार्य गरेर जाने परिस्थिति बनेको बताए ।‘बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा कै व्यवस्था हो । तर, यो प्रतिस्पर्धासँग सँगै संवाद सहमति र सहकार्य पनि लोकतन्त्रकै एउटा स्वरुप हो । सत्ता र प्रतिपक्ष संवाद सहमति र सहकार्यका साथ जाने गरी कुरा भइरहेको छ ।’

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















