प्रथम मावि महानगर स्तरीय फुटसल प्रतियोगिताको उपाधी एपेक्स एकेमेडीलाई

नवलपुर टुडे


चितवन पुस १७ । प्रथम मावि महानगर स्तरीय नक आउट फुटसल प्रतियोगिता खेलमा क्षेत्रपुरको एपेक्स एकेडेमी प्रथम भएको छ ।
अखिल क्रान्तिकारी भरतपुर महानगर कमिटीको आयोजनामा भएको फुटसल प्रतियोगिता २०८० को अन्तिम चरणमा भएको खेलमा अङकुरम स्कूललाई ५–२ को अन्तरले पराजित गर्दै एपेक्स एकेडेमी प्रथम भएको हो ।
प्रतियोगितामा सवै भन्दा धेरै गोल गर्ने जीवन राना र उत्कृष्ट गोल रक्षक समिर विकलाई सम्मान गरिएको थियो । विद्यालयका प्राचार्य दिनेशचन्द्र पुरीको सभापतित्वमा भएको प्रतियोगिताको सम्मान कार्यक्रममा उत्कृष्ट कार्य गर्नेहरुलाई सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा नेपाली विषयका शिक्षक भिष्मराज पौडेलले विद्यार्थीलाई हौसला र मायाको चिनो प्रदान गर्नु भएको थियो । फुटसल प्रतियोगितामा महानगरका १६ विद्यालयका टिम सहभागी भएका थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो


















