राजनीति

धरौटीमा रिहा भएपछि खाँण पहिलोपटक केन्द्रीय समिति बैठकमा सहभागी

जगत ठाडा मगर
२०८० पुस १३ | बिहान ११:०९ बजे

काठमाडौँ, पुस १३ । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । गत वर्ष भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकपछि पहिलो पटक खाँण आज केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् ।

यसअघि साउन २ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा उनी केन्द्रीय कारगार सुन्धारामा थिए । उक्त बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने–नगर्नेबारे चर्को बहस भएको थियो । कांग्रेस संस्थापन पक्षको अडानले खाँणको निलम्बन रोकिएको थियो ।

बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन खाँण सहभागी भएका हुन् । नियमति स्वास्थ्य जाँच गराउनुपर्ने भएकोले उनी हिजो बैठकमा सहभागी भएका थिएनन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गत पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए ।

कमेन्टहरु