कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

जगत ठाडा मगर


काठमाडौं, पुस १३ । नेपाली कांग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा सुरु भएको बैठकमा बिहीबार महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरु प्रस्तुत गरेका थिए । समुदायमा कांग्रेस अभियानको कार्ययोजनाका सम्बन्धमा अर्का महामन्त्री गगनकुमार थापाले जानकारी गराएका थिए भने जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले जानकारी गराएका थिए ।
बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दिपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राखिसकेका छन् ।
आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने छन् ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















