राजनीति

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, मन्त्रीको कार्यसम्पादन समीक्षा हुने

नवलपुर टुडे
२०८० पुस १२ | बिहान ०८:०९ बजे

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ । आज दिउँसो एक बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकमा सरकारको एक वर्षको समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् । त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् ।

आजको बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीले आफूले गरेका कामको जानकारी गराउने र त्यसमाथि छलफल हुनेछ । यसका साथै राष्ट्रिय सभा सदस्यको निर्वाचनलगायतका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघका लागि तय भएको छ ।

कमेन्टहरु