राजनीति

काँग्रेस सभापति देउवा जनकपुरमा

नवलपुर टुडे
२०८० पुस ५ | मध्यान्ह ०१:०९ बजे

जनकपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जनकपुर पुगेका छन्। नेपाली काँग्रेसको मधेस प्रदेश सम्मेलनको उद्घाटनका लागि उनी बिहीवार जनकपुर आइपुगेका हुन्।

सभापति देउवासँगै पार्टीका महामन्त्री गगन थापा पनि आज जनकपुर आइपुगेका छन्।जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना गरिएको प्रदेश सम्मेलनको उद्घाटन सभापति देउवाले गर्नेछन्।

1703144291 407225423 1116715756374843 3999841795345226977 n

सम्मेलनको उद्घाटन सत्र जनकपुरधामस्थित तिरहुतिया गाछीमा हुनेछ भने बन्दसत्र भोलि महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा हुने छ।

1703144303 409431368 2122604251243651 7811113177734153837 n

सम्मेलनको उद्घाटन सत्रमा मधेश प्रदेशको आठवटै जिल्लाबाट ५० हजार नेताकार्यकर्ताको उपस्थिति हुने र बन्द सत्रमा ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने काँग्रेसले जनाएको छ।

कमेन्टहरु