राजनीति

नेकपा (माओवादी केन्द्र ) को पदाधिकारी बैठक बस्दै

नवलपुर टुडे
२०८० पुस ५ | बिहान ०७:०९ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र )को पदाधिकारी बैठक आज बस्दै छ ।

बुधबार नेताहरुको कार्यव्यस्थताको कारण स्थगित भएको बैठक आज बस्न लागेको हो । प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठक आज बिहान ८ बजे प्रधानमन्त्री निवास  बालुवाटारमा बस्नेछ ।

मङ्गलवार दिउँसो बालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले चार महिने अभियानको समीक्षा, राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी, सरकारको एक वर्षे कार्यकालको समीक्षा, पार्टी एकता, विधान सम्मेलन लगायत एजेन्डा पेस गरेका थिए ।

सातै प्रदेशको इन्चार्जले समीक्षात्मक रिपोर्टिङ गरेका थिए । 

कमेन्टहरु