राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

जगत ठाडा मगर
२०८० पुस ५ | बिहान ०७:०९ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने भएको छ ।

पदाधिकारी बैठक मंगलबारबाट सुरु भएको थियो । बालुवाटारमा मंगलबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यसूची पेस गर्दै समसामयिक विषयमा धारणा राखेका थिए ।

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पार्टीका उपमहासचिव हरिबोल गजुरेलले प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएकोबारे बैठकलाई जानकारी गराएका थिए । बैठकमा प्रदेश इन्चार्जहरुले पार्टीको जारी रुपान्तरण अभियानबारे ब्रिफिङ गरेका थिए । 

त्यसपछि अर्कोदिन बुधबार बैठक बस्ने भनिएको थियो तर, समय अभावलाई कारण देखाएर बैठक स्थगित गरी बिहीबार सारिएको थियो । अबको बैठकबाट केन्द्रीय समिति बैठक र विधान सम्मेलनको मिति तोक्ने तयारी छ ।

कमेन्टहरु