कांग्रेस गण्डकी प्रदेश सम्मेलनको बैठक सुरु

जगत ठाडा मगर
२०८० पुस ३ | मध्यान्ह ०१:०९ बजे

पोखरा । कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको बैठक सुरु भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी बैठक सुरु भएको हो ।
सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित छ । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा भयो भने बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।
सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने तयारी गरिएको हो ।






















