मणिपालबाट हराएका बिरामीलाई खोज्न चार घन्टा सेती ड्याम खोलिने

नवलपुर टुडे

पोखरा, मंसिर २८ । आज पोखरा महानगरपालिका – १६ दीपस्थित सेती नदीको ड्याम खोलिने भएको छ ।
आज पोखरा महानगरपालिका – १६ दीपस्थित सेती नदीको ड्याम खोलिने भएको छ । तनहुँ घर भई पोखराको लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र गत सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालबाट हराएका थिए ।
उनको खोजी गर्नका लागि सेती नदीको ड्याम खोल्न लागिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । ज्वरोको उपचार गर्न बाबु हरिप्रसाद मिश्रसँगै सोमबार मणिपाल अस्पताल आएका संगम सोही साँझ साढे ६ बजे अस्पतालबाट हराएका थिए ।
बाबु औषधी लिन बाहिर निस्किएका बेला संगम अस्पतालबाट भागेका थिए । खोजतलासका क्रममा प्रहरीले मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बीचमा संगमले लगाएको कपडा र उनको परिचयपत्र फेला पारेको थियो ।
उनी सेती नदीमा हामफालेको हुनसक्ने आशंकामा खोजतलास गर्न प्रहरीले ड्याम खोल्न लागेको हो । ड्याम खोलिने भएपछि सेती नदी वरपर सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















