नेकपा एमाले लुम्बिनीले बुझायो लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र

नवलपुर टुडे


बुटवल । लुम्बिनीमा बेथिति बढेको भन्दै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । संसदीय दलका नेता लीला गिरि नेतृत्वको प्रतिनिधि मण्डलले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई सोमबार ज्ञापनपत्र बुझाएको हो ।ज्ञापनपत्रमा सरकारको काम गर्ने शैली, अपारदर्शी र असन्तुलित रहेको उल्लेख छ । यस्तै प्रदेश मातहतका सेवा प्रवाह प्रभावकारी नहुँदा जनतामा निराशा र आक्रोश बढिरहेको ज्ञापनपत्र भनिएको छ ।
एमालेले महँगी वृद्धि रोक्नेदेखि सरकार विस्तारको नाममा हुने मन्त्रालय विभाजन पनि रोक्न माग गरेको छ । यस्तै दीर्घकालीन योजना रोकिँदा महत्त्वपूर्ण योजनाहरू प्रभावित भएको, अति संवेदनशील क्षेत्रमै बजेट विनियोजन रोकिएको एमालेले बताएको छ ।
पूर्वाग्रहका आधारमा बजेट रोक्ने, योजनाहरू प्रभावित बनाउने र बिचौलिया पोस्ने गरी बजेटको दुरुपयोग गरिँदा त्यसको असर प्रदेशको विकासमा पर्न गएको एमालेको आरोप छ । यस्तै प्रदेश सभामा विषयगत समितिहरू गठन नगरिएको, प्रदेश सभाका बैठकहरू नचलेका, मिनी सभाका रूपमा काम गर्ने र प्रत्यक्ष सरोकारका संसदीय समितिहरूलाई नेतृत्वविहीन बनाइराख्दा राम्रो सन्देश नगएको एमालेको धारणा छ ।
सरकारले प्रतिपक्षी दलसँग गरेका सहमतिहरूको कार्यान्वयन गर्नेतर्फ तदारुकता नदेखाएको, प्रदेशमा बेथिति र मनपरीलाई आत्मसात् गरिनुले जनतामा निराशा मात्रै बढाइरहेको एमालेको दाबी छ ।



कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















