पर्वतको बर्राचरमा बालअधिकार र बालपोषण सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

नवलपुर टुडे


अमृत भट्टराई
विहादी, पर्वत । ”बालमैत्री र पोषणमैत्री स्थानीय तह प्रबर्द्धन गरौँ , बालबालिकामा लगानी गरौँ भने मुल नाराका साथ पर्वतको बिहादी गाउँपालिका २ बर्राचौरमा बालअधिकार र बालपोषण सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पर्वतको विहादी गाउँपालिकाको समन्वय र JCYCN, KANALLAN को आर्थिक तथा प्राविधिक सहयोगमा २०८०/०८/०२ देखि ०६ गते सम्म पोखरामा विहादी गाउँपालिकाका सरोकारवालाहरुको लागि बाल अधिकार र बाल पोषण सम्बन्धि ५ दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको थियो उक्त कार्यक्रम सम्पन्न भएर विहादी आएपछि मंसिर २३ गते शनिबार बिहादी गाउँपालिका वडा नम्बर – २, बराचौरमा विद्यालय तथा समुदाय स्तरमा बाल अधिकार तथा बाल पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि बिहादी गाउँपालिका वडा नम्बर – २, बराचौरका वडा अध्यक्ष गणेश शर्मा पौडेल रहनुभएको कार्यक्रममा वडा सदस्य ज्ञानु गिरी, कृष्न पुरी विभिन्न समुहका प्रतिनिधि ,विद्यार्थी स्थानीय लगाएको उपस्थिति रहेको कार्यक्रम बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरको वडा कार्यलयमा भएको थियो । उक्त कार्यक्रमको सञ्चालन तथा बालपोषन सम्बन्धी प्रशिक्षण आम्बारी माविकी प्रधानअध्यापक कमला न्यौपाने पौडेलले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा बाल अधिकार सम्बन्धि जानकारी र बालबालिकाका लागि स्थानीय गर्ने पर्ने काम लगाएका बारेमा बर्राचौर स्वास्थ्य चौकी प्रमुख भुपेन्द्र नाथ पौडेलले जानकारी दिनुभएको थियो भने कार्यक्रममा शुभकामना दिदै वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गणेश शर्मा पौडेलले समग्र कार्यक्रम को उदेश्य र निर्णय कार्यान्वयनको बाचा सहित बालबालिका लागि नयाँ नयाँ कार्यक्रम ल्याउने बताए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो


























