गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै धर्ना

जगत ठाडा मगर


भैरहवा । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान तथा पूर्ण क्षमतामा सञ्चालनको माग राखेर आज आइतवारदेखि धर्ना शुरु भएको छ । रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा सङ्घ–संस्था आबद्ध सिद्धार्थ सञ्जालको अगुवाइमा धर्ना शुरु भएको हो ।
सञ्जालले गएको कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गर्दै विरोधका कार्यक्रम घोषणा गरेको थियो । विरोधको पूर्वनिर्धारित कार्यक्रमअनुसार गएको शुक्रवार निजी क्षेत्रले भैरहवामा विरोध र्याली गरेको थियो ।
चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत आजदेखि शुरु भएको धर्ना अर्को निर्णय नहुन्जेलसम्मका लागि निरन्तर रहने सञ्जालले जनाएको छ । दैनिक २ घण्टाका दरले विमानस्थल परिसरमा धर्ना कार्यक्रम चल्नेछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही समय जजिरा र हिमालयन एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेपनि झन्डै १ वर्षदेखि रोकिएको छ । अहिले विमानस्थलबाट बुद्ध, यती, श्री एअरलायन्सका १५ वटा जहाजले आन्तरिक उडान गरिरहेका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















