नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ पुनः प्रकाशित

नवलपुर टुडे
२०८० मंसिर २४ | मध्यान्ह ०२:०८ बजे

काठमाडौँ । नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ पुनः प्रकाशित भएको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल पुकार त्रैमासिकको पहिलो अंक लोकार्पण गरेका हुन् । १३२ पृष्ठको रहेको उक्त विशेषाङ्क बीपी साहित्व महोत्सव विषेश रहेको छ । २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो ।
आगामी दिनमा उक्त पत्रिकालाई विचार प्रदान पत्रिकाका रुपमा प्रकाशन गरिने कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए ।






















