देश बनाउन भ्रष्टाचारीहरुलाई जनकारबाही गर्नुपर्छ : अध्यक्ष साह

नवलपुर टुडे


काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले देश बनाउन भ्रष्टाचारीलाई जनकारबाही गरिनुपर्ने धारणा राखेका छन् । उनले आज देशमा भ्रष्टाचार एक प्रमुख समस्या भएको उल्लेख गर्दै भ्रष्टाचारीहरुलाई जनकारबाही गर्नुपर्ने धारणा राखेका हुन् । ‘भ्रष्टाचारीहर गर्जिएर हिँडेका छन् । बलिया भएका छन् । जनता लाचार छन् । यो अवस्था रह्यो भने देशको विकास सम्भव छैन’, उनले भने, ‘भ्रष्टाचारीहरु दण्डित हुनुपथ्र्यो ।
तर आज भ्रष्टाचारीहरु खुलेआम घुमिरहेका छन् ।’ राज्यले भ्रष्टाचारीहरुलाई कारबाही गर्छ भनेर अब जनता भ्रममा बस्न नहुने उनको धारणा छ । ‘राज्य आफैँ भ्रष्टाचारमा डुबेको छ । तपाईँ हामीलाई लाग्छ कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको छानबिन गर्छ र भ्रष्टाचारीलाई जेल हाल्छ, यो भ्रममात्रै हो । किनभने अख्तियारको क्षमताले भ्याउँदैन’, उनले भने, ‘त्यसैले भ्रष्टाचार नियन्त्रण गर्न आम जनता अगाडि आउनुपर्छ ।’
जबसम्म समाज भ्रष्टाचारीप्रति निर्मम बन्न सक्दैन तबसम्म भ्रष्टाचार निमूल सम्भव नहुने उनको धारणा छ । खुसखोर र भ्रष्टाचारी जहाँ देख्यो जनताले त्यहीँ कारबाही गर्नुपर्ने उनको धारणा छ । जसरी चोरहरु मान्छेलाई देखेर डराउँछन् त्यसरी नै भ्रष्टाचारीहरु पनि डराउने वातावरण बन्नुपर्ने उनको धारणा छ । त्यसपछि मात्रै देशलाई सुशासनको दिशा दिन सकिने धारणा राख्दै साहले देशको विकास पनि सम्भव हुने धारणा राखे ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















