Opens in a new tab

काठमाडौं रेजर्सविरुद्ध बुटवल लुम्बिनीलाई १–० को अग्रता

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडाैं । नेपाल सुपर लिगअन्तर्गत शनिबार बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीचको खेल जारी छ। पहिलो हाफको खेल सकिँदा बुटवल लुम्बिनीले काठमाडौंविरुद्ध एक गोल गरेको छ। दशरथ रंगशालामा खेलको २८औं मिनेटमा स्टिफन समिर बिनोले काठमाडौं रेजर्सविरुद्ध बुटवल लुम्बिनी एफसीलाई अग्रता दिलाएका हुन्।

नौ टिम सहभागी प्रतियोगितामा काठमाडौं रेजर्स तीन खेलबाट पाँच अंकसहित चौथो स्थानमा छ। चार खेल खेलेको बुटवल चार अंकसहित अंकतालिकाको छैटौं स्थानमा छ। आठ अंकसहित पोखरा अंकतालिकाको शीर्ष स्थानमा छ भने धनगढी ७ अंकसहित दोस्रो स्थानमा छ।