इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

जगत ठाडा मगर


बग्दाद । इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान सहरस्थित एक आवासीय भवनमा शुक्रबार राति आगलागी हुँदा १४ को मृत्यु र १८ जना घाइते भएका छन् ।
सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, “सबैभन्दा पहिला भवनको तेस्रो र चौथो तलामा आगो लागेको थियो । ती तलामा विश्वविद्यालयका छात्र र शिक्षक बस्छन् । त्यसपछि आगो सम्पूर्ण पाँचतले भवनमा फैलियो ।”
प्रारम्भिक अनुसन्धानबाट विद्युतीय सर्ट हुँदा आगो लागेको अनुमान गरिएको विज्ञप्तिमा उल्लेख छ । सिभिल डिफेन्स टिम र दमकलहरूले आगो निभाएका छन् । रासस/सिन्ह्वा

चीनले अन्तरिक्षमा प्रक्षेपण गर्यो नयाँ स्याटेलाइट

‘खाओ, पियो, मोज गरो’ भारतीय संस्कृति होइन : नरेन्द्र मोदी

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

दाङमा यात्रुवाहक बस दुर्घटना, १४ जना घाइते

बंगलादेशमा हिंसा चर्कियो, २८ जिल्लामा बम विस्फोट
अरुपनि पढ्नुहोस
सबै
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट

दोब्बर आम्दानी हुने भएपछि उखु खेतीमा रमाउँदै कञ्चनपुरका किसान

चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान
















