नेपाल सुपर लिग : इलाम र पोखरा भिड्दै

नवलपुर टुडे


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।
आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा मैदान प्रवेश गर्नेछन् । जारी लिगमा तीन खेलबाट अपराजित रहँदै पोखरा पाँच अंकसहित तालिकाको चौथो स्थानमा छ । तीन अंक जोडेको इलाम छैटौँ स्थानमा छ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।
प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् । एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।
आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ २०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















