नवलपरासीमा शिक्षकको कुटाइबाट बालिका सख्त घाइते


नवलपरासी, मंसिर १९ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका- ७ बर्दवास्थित रहेको बर्दघाट कालिका ईङ्लिस स्कुलमा अध्ययनरत एक बालिका शिक्षकको कुटाईबाट घाईते भएका छन । घाईते हुनेमा सोही विद्यालयमा कक्षा १ मा पढ्ने बर्ष ९ की कञ्चना राजभर रहेकी छिन ।
उनलाई विद्यालयको सहायक प्रधानध्यापकसमेत रहेका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरी घाईते बनाएका हुन । उनलाई यादवले पिठ्युँ, ढाँढ र टाउकोमा लौरोले कुटपिट गर्दा बालिकाको शरीरमा रातो डाम बसेको छ,भने टाउकोमा रगत जमेको छ ।
घाईते बालिका ४/५ दिनदेखि विद्यालय नगएको झोकमा शिक्षक निरञ्जन यादव घरमा गएर बालिकालाई आक्रोश देखायर विद्यालय किन नआएको भन्दै, बालिकालाई घरैमा गएर कुटेका थिए । सो पश्चातपछि बालिका विद्यालय गएको मौकामामा विद्यालयमा लौरोले निर्घात कुटपिट गरी शरीर भरी निलडाम हुनेगरी र टाउकोमा रगत जम्ने गरी कुटेर घाईते बनाएको सोही विद्यालयमा अध्ययनरत विद्यार्थी र स्थानीय अविभावकहरुले बताएका छन ।
विद्यालयमा यो पहिलो घटना भने होइन, यस्तो कयौं घटना पहिला धेरै पटक भैइसकेको हो । पहिलापनि स्थानीयले प्रहरी चौकीसम्म निबेदन हालेका थिए । पैसाको चलखेल र राजनीतिको दबाबले छुट्दै घटना सामसुम गर्दै आएका थिए । विद्यालयका केही बिद्यार्थीका अनुसार उनले धेरै जसो मदिरा सेवन गरेर पढाउने र घरको रिस बिद्यार्थी माथि कुटपिट गरी देखाउने गरेको विद्यार्थीहरुले बताए ।
घटनापछि विद्यालयमा तालाबन्दी गरिदिएको वडा अध्यक्ष हायात खाँ धुनियाँले जानकारी दिनुभएको छ । स्थानीय ओमप्रकाश ठाकुरले विद्यालयका बालबालिकाका कुट्ने काम शिक्षक यादवले पटक-पटक गर्दै आएको बताउनुभयो ।
बालिकाका अनुसार शिक्षकले घरै गएर कुटपिट गरी विद्यालयमा बोलाएर छतमा लगेर कुटपिट गरेको र कुटपिट पछि बालिका तल्लो तलामा झर्नसमेत नसकेपछि साथिहरुको सहयोगमा झरेकी बताईन । बालिकालाई कुटपिट गर्ने शिक्षकलाई कडा कारवाही गर्न माग गरेका छन् ।
सो घटना पश्चात् जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पीडितले उजुरी दिएको कार्यालयका प्रमुख प्रहरी उपरिक्षक काजी कुमार आचार्यले जानकारी दिनुभएको छ । कुटपिट गर्ने विरुद्ध कारवाही प्रक्रिया अगाडी बढाउने वहाँले बताउनुभयो ।
नवलपरासी पश्चिम नवलपरासीमा धेरै जसो निजि विद्यालयहरुमा यस्तो घटना घटिरहेका छन । यस बिषयमा स्थानीय निकाय र सरोकारवाला मौन छ्न ।
विद्यालयका प्रिन्सिपल जितेन्द्र कुमार यादवले भने विभिन्न बहाना बनाई कार्वाही प्रकृया अगाडि नबढाउन भन्दै पीडितलाई दबाबसमेत दिएका छन । नवलपुर टुडेले यस बिषयमा जिज्ञासा राख्दा प्रिन्सिपल यादवले अहिले व्यस्त छु भन्दै बोल्न चाहेन । बालिका कुटपिट गर्ने निरञ्जन यादव प्रिन्सिपल जितेन्द्र कुमारको सहोदार भाई हुन ।
अगामी दिनमा सरावल गाँउपालिकाले बालमैत्रि पालिका बनाउने योजना बनाईरहेको अवास्थामा अबोध बालिकामाथि भएको कुटपिटको घटना गम्भिर भएको भन्दै सरोकारवालाहरुले दोषी माथि कडा कारवाहीको माग गरेका छन ।























