लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी

नवलपुर टुडे
२०८० मंसिर १७ | मध्यान्ह ०२:०८ बजे

सिरहा, मंसिर १७ । सिरहाको लहान नगरपालिका – ३ मा रहेको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ ।
सुनिल कुमार अग्रवालले सञ्चालन गर्दै आएको साइकल स्टोर्समा आइतबार दिउँसो भीषण आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिन लहान नगरपालिकाको वारुणयन्त्र, स्थानीयबासी र प्रहरी प्रयासरत छन् । आगो लागेको भवनबाट साइकल र अन्य सामानहरु सुरक्षित स्थानमा सारिँदै छ ।
आगो कसरी लागेको भन्नेबारे अझै खुल्न नसकेको स्थानीयले बताएका छन् ।























