घटना, मुख्य समाचार

मलेसियामा नेपाली श्रमिक सुवास गुरुङको सुतेकै अवस्थामा मृत्युु

नवलपुर टुडे
२०८० मंसिर १७ | बिहान ०६:०८ बजे

रामजि प्रजापति
मलेसिया । रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली श्रमिक सुवास गुरुङको सुतेकै अवस्थामा मृत्युु भयको छ । उनी पेनाङ राज्यमा रहेको एक म्यानुफ्याक्चरिङ कम्पनीमा काम गर्दै आएका थिए ।

पेनाङमा रहेको युनाइटेड मालायान फ्लुर एसडिएन बिएचडी ( United Malayan Flour (1996) Sdn Bhd ) नामक कम्पनीमा काम गर्दै आएका नेपाल ठेगाना गाेरखा जिल्ला थालाजुङ्ग न.पा वडा न ४ स्थाई ठेगाना भएका ३८ बर्षिय नेपाली श्रमिक सुवास गुरुङको रातीको समयमा सुतेकै अवस्थामा छटपटाउँदै अकस्मात मृत्यु भएको सोही कम्पनीमा कार्यरत एक नेपालीले जानकारी दिए ।

प्राप्त जानकारी अनुसार स्वास्थ्य अवस्था पनि ठिकै रहेका गुरुङ सन् २०२३ नोभेम्बर २९ तारिख रातिको समयमा राम्रैसंग खाना खाएर सुतेको तर ३० तारिख बिहानै करिब करिब ०३:०० बजेतिर गुरुङको अचानक मृत्यु भएको हो ।

गुरुङ सो कम्पनीमा बिगत ८ बर्षदेखि कार्यरत रहेका थिए। गुरुङ हालसालै ६ महिना अगाडि नेपाल विदामा गएर घरपरिवार संग भेटघाट गरेर पुनः मलेसिया आएका थिए ।

कमेन्टहरु