नेपाली क्रिकेटलाई सहयोग गर्न तयार छाैं- महाराष्ट्रका उपमुख्यमन्त्री

जगत ठाडा मगर


मुम्बई। भारतको महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले नेपाली क्रिकेटकाे विकासमा आवश्यक सहयोग गर्न तयार रहेकाे बताएका छन् । स्वतन्त्र युवा प्रजातान्त्रिक संघकाे संयाेजनमा भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुकाे प्रतिनिधि मण्डलसँगकाे भेटमा उनले नेपाली क्रिकेटरहरुलाई मुम्बईमा प्रशिक्षण,व्यावसायिक क्रिकेटमा अवसर दिन सकिने बताएका हुन् ।
`नेपाल क्रिकेटसंघ (क्यान)ले उपर्युक्त प्रस्ताव ल्याएमा क्रिकेटमा दुई पक्षीय प्रतिस्पर्धा गर्न सकिन्छ´, उनले भने । नेपाली पत्रकारहरुले छलफलका क्रममा नेपाल भारत सम्बन्ध, मुम्बईमा रहेका श्रमिक नेपालीहरुकाे अवस्था लगायतका विषयमा चासाे राखेका थिए ।
नेपाली पत्रकारहरुले उठाएको विषयमा उपमुख्यमन्त्री फडणवीसले सकारात्मक रुपमा लिएको भ्रमणमा रहेका नेपाल प्रस युनियनका उपाध्यक्ष नकुल अर्यालले जानकारी दिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















