Opens in a new tab

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा बहस सकियो कहिले आउला आदेश ?

जगत ठाडा मगर

29Shares
dida bag ad
काठमाडौँ । विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरूको मुद्दाको सुनुवाइ उच्च अदालत पाटनमा बहस सकिएको छ।  निकै चर्चामा रहेको मुद्दामा जोडिएका व्यक्तिलाई अदालतले छोड्ने वा थुनामै पठाउने आदेश दिने भन्ने सबैको चासोको विषय छ। मंसिर ५ गतेदेखि सुनुवाइ सुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा धेरै जना कानुन व्यवसायी भएका एक साताभन्दा बढी समय लागेको हो। 

करिब ५ महिनादेखि थुनामा रहेका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहितको मुद्दा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा बिहीबार ‘हेर्दाहेर्दै’मा रहेको छ। २२ जना प्रतिवादी रहेको मुद्दामा भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध थुनामा रहेकाहरूले उच्च अदालत पाटनमा आफूहरू थुनाबाहिरै रहेर मुद्दा लड्न पाउने गरी निवेदन दिएका थिए।

जिल्लाको आदेश बदर गर्ने वा थुनामै पठाउने आदेश सदर गर्ने भन्ने बारे उच्च अदालतको निर्णयमा भर पर्नेछ। उच्च अदालतले शुक्रबार आदेश दिनसक्ने बताइएको छ।

 

अरुपनि पढ्नुहोस

सबै

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

२०८३ कार्तिक १७ | बिहान ११:०७ बजे