एपीएफलाई हराउँदै मधेस प्रदेश फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने

जगत ठाडा मगर


पोखरा । दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेश पोखरामा जारी केपी ओली राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०८० को फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार पोखरा रंगशालामा भएको खेलमा मधेसले प्रस्तुत गरेको १९८ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८६ रनमात्र जोड्न सक्यो । एपीएफका ओपनर तथा कप्तान प्रदीप ऐरीले ५५ रन, सन्दीप जोराले ५४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । २२–२ को अवस्थाबाट यी दुईले तेस्रो विकेटका लागि १०६ रनको साझेदारी गर्दै एपीएफको खेलमा फर्किने सम्भावनालाई कायम राखेका थिए ।
लोकेश बमले ३२, भुवन कार्कीले १४ र सुमित महर्जनले १३ रन थपे । मधेसका विशाल पटेलले तीन विकेट लिए । कप्तान हरिशंकर साहले र प्रदीप पासवानले समान दुई विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९७ रनको योगफल खडा गरेको थियो । मधेसका ओपनर अनिलकुमार साहले ३६ बलमा दुई चौका र ६ छक्कासहित ५७ रन बनाए । इमरान सेखले ५० रन थपे । रुपेश सिंहले २१, हिमांशु दत्तले १५ र कप्तान हरिशंकर साहले १० रन जोडे ।
एपीएफका मौसम ढकालले तीन विकेट लिए । अमरसिंह रौटेलाले दुई र पुरन विकले एक विकेट लिए ।
जितसँगै फाइनलमा स्थान बनाएको मधेसले अब उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ । आर्मीले आजै भएको पहिलो सेमिफाइनलमा वाग्मती प्रदेशलाई चार विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको फाइनल शुक्रबार पोखरा रंगशालामा हुनेछ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















