सुत्केरीको मृत्युपछि बुटवल आम्दा अस्पतालका मेसुमाथि कुटपिट गरी घाइते

नवलपुर टुडे


बुटवल, मंसिर १३ गते । सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट भएका छन् ।
गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटी मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा
मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।
लुम्बिनी चिकित्सक सङ्घका सचिव डा सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सकमाथि हातपात हुनु दुभाग्यपूर्ण भएको बताए । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसँग आफूहरू उपचार रोकेर विरोध गर्ने बताए ।
कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलमा हातपात गर्ने ७ जनालाई नियन्त्रण लिएको जनाएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















