खेलकुद

देव खनालको नेतृत्वमा यू–१९ एसिया कप खेल्ने टोलीको घोषणा

नवलपुर टुडे
२०८० मंसिर १२ | मध्यान्ह ०७:०८ बजे

काठमाडौँ । सन् २०२३ को  यू–१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । देव खनालको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले टोलीको घोषणा गरेको हो ।

टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

प्रतियोगिता आगामी ८ डिसेम्बरदेखि यूएईमा सुरु हुँदैछ । नेपाल समूह ए मा अफगानिस्तान, भारत र पाकिस्तानसँगै रहेको छ ।

c

 

कमेन्टहरु