कांग्रेस नेता लेखक भारतको लखनउ विश्वविद्यालयबाट सम्मानित

नवलपुर टुडे


काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकलाई भारतको लखनउ विश्वविद्यालयले सम्मान गरेको छ । विश्वविद्यालयले आफ्नो १०३ औं स्थापना दिवसमा शनिबार कांग्रेस नेता लेखकसहित सात जना पूर्व विद्यार्थीलाई सम्मन गरेको हो । लखनउ विश्वविद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउनका आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ ।
लेखकले सन १७८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालयबाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गरेका थिए। लेखक सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक छन् । पूर्व भौतिकमन्त्री समेत रहेका लेखक कञ्चनपुर–३ बाट निर्वाचित सांसद हुन् ।
सम्मान कार्यक्रममा उनले लखनउ विश्वविश्वालयको भारतमा शैक्षिक विकासमा ठुलो योगदान रहेको बताए । लखनउ विश्वविद्यालयबाट शिक्षा हासिल गरेका व्यक्तिहरुले समाजका विभिन्न क्षेत्रमा आफ्नो योगदान पुर्याउँदै आएको उनको भनाइ छ । लगनउ विश्वविद्यालयका उपकुलपति प्रा। आलोक कुमार, नेपालका त्रिभुवन विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयका उपकुलपति बिच शैक्षिक विकासबारे भएको द्विपक्षीय सम्झौता कार्यान्वयनमा पहल गर्ने लेखकले बताए ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















