चितवनमा बाघको आक्रमणबाट घाँस काट्न गएका पुरुषको मृत्यु

नवलपुर टुडे


भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका १, दुबीचौरका ४३ वर्षीय हरि पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
मध्यवर्ती क्षेत्रमा पर्ने मनहरी गाउँपालिका ६ स्थित लोथर राप्ती दोवानमा घाँस काट्न पुगेका उनलाई शुक्रबार बाघले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार अहिले बाघको अवस्था जाँच बुझको लागि टोलि खटिएको समेत बताए । हात्तीबाट बाघको खोजी गर्ने देखि क्यामेरा राखेर निगरानी गर्ने काम भएको तिवारीले बताए।
चितवन निकुञ्ज आसपासमा बाघले मान्छेमाथि आक्रमण गर्ने घटना बर्सेनि बढ्दै गएको छ । यो आर्थिक वर्षको साउनयता बाघले आक्रमण गर्दा निकुञ्ज आसपास तीन जनाको मृत्यु भइसकेको छ । पछिल्लो तथ्यांकले देशभरका वनक्षेत्रमा ३५५ बाघ भएको देखिन्छ । जस मध्ये चितवन निकुञ्ज र यस आसपासका वन क्षेत्रमा सबैभन्दा धेरै १२८ बाघ छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















