आज राजावादीले झापामा शक्ति प्रदर्शन गर्ने

नवलपुर टुडे


काठमाडौँ, मंसिर ९ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने भएका छन् । कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगिसकेका छन् ।
यो क्रममा राजावादीहरूले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरू जुटेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनले पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने दाबी गरे । आयोजकले कार्यक्रममा हजारौँ समर्थकको सहभागिता रहने दाबी गरेको छ । आज ८ हजार मोटरसाइकल र्याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ ।

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
















