दुर्गा प्रसाईँ निवास परिसरमा स्पेसल टास्क फोर्स परिचालन (फोटो फिचर)

नवलपुर टुडे
२०८० मंसिर ८ | मध्यान्ह १२:०८ बजे

भक्तपुर । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको भक्तपुर स्थित निवासमा नेपाल प्रहरीको स्पेसल टास्क फोर्स परिचालन गरिएको छ । आन्दोलन जारी राख्ने भन्दै आक्रामक अभिव्यक्ति दिए पनि उनलाई प्रहरीले निगरानीमा राखेको हो ।
आज तीनकुनेमा सो अभियानले प्रदर्शन गर्ने तयारी गरे पनि काठमाडौँ प्रशासनले रोक लगाएको थियो । प्रसाईंले आफू होम एरेस्टमा रहेको भन्दै सरकारले तीनकुनेमा प्रदर्शन नदिए पनि देशभर प्रदर्शन हुने बताए ।



































