मेडिकल व्यवसायी दुर्गा प्रसाई नजरबन्दमा

नवलपुर टुडे
२०८० मंसिर ८ | बिहान ११:०८ बजे

काठमाडौं, मंसिर ८ । राजा फर्काउने अभियानका लागेर मैदान उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाई नजरबन्दमा परेका छन् ।
भक्तपुरकाे ठिमीमा रहेकाे घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएकाे छैन । प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन् । तीनकुने क्षेत्रमा पनि ठूलाे संख्यामा प्रहरी परिचालन भएका छन् ।
प्रसाईंकाे सचिवालयका अनुसार प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएकाे छैन । उनका ३० जनाभन्दा धेरै समर्थक पक्राउ परेका छन् । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ महाअभियानले हिजो बल्खुमा प्रदर्शन गरेको थियो, गणतन्त्र मासेर राजतन्त्र फर्काउने उद्घोषसहित मैदान उत्रिएका उनले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।






















