महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ

जगत ठाडा मगर


महोत्तरी । महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका- ३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ बर्षका अनिल चौधरी पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६प-१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको जनाएको छ ।
दुवै जनालाई बरामद रकमसहित अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















