कपिलवस्तुको विजयनगर गाउँपालिकाले ग¥यो जाजरकोट भुकम्प पिडितलाई सहयोग
धर्मेन्द्र कुमार कुर्मी


कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले बिहिबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिका भरिका जनप्रतिनिधि, गाउँपालिका कर्मचारी र शिक्षक कर्मचारीको सेवा सुविधा र तलब वापतको रकम भुकम्प पिडितलाई सहयोग गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले नवलपुर टुडेलाई बताए ।
उनले भुकम्प पीडितको राहतका लागि राहत स्वरुप २ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको बताए । सेवा सुविधा र तलब वापत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अध्यक्ष थापाले बताए ।
जनप्रतिनिधिको १ दिनको सेवा सुविधा र अधिकृत स्तरका कर्मचारीे २ दिनको तलब र सहायक स्तरका कर्मचारी÷शिक्षकको १ दिनको तलब जाजरकोटका भुकम्प पिडितलाई सहयोग गरिएकोे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिए । उनले बिहिबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरि सकेको जनाए ।
गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर भुकम्प गएको थियो । भुकम्पले जाजरकोट र रुकुम पश्चिमका अधिकांश घर भत्किएका छन् भने जनधनको ठुलो क्षति भएको छ ।

बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : पोखरेल

हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै

यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
















