खेलकुद

केपी ओली कप : सन्दीपले ४ विकेट लिँदै मदन भण्डारी स्पोर्ट्स एकेडेमीमाथि सहज जित

नवलपुर टुडे
२०८० मंसिर ७ | मध्यान्ह ०४:०८ बजे

काठमाडौं, मंसिर ७ । पोखरामा आजदेखि सुरू भएको केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरूवात गरेको छ । 

पोखरा रंगशालामा बागमती प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ माथि १०९ रनको जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ७ विकेटको क्षतिमा १८४ रन जोड्यो । बागमतीका लागि रित गौतमले ७४ रन जोडे । उनले ५३ बलमा ८ चौका र ३ छक्का हिर्काए । 

बलिङमा मदन भण्डारीका बिप्रसन केसीले ३ विकेट लिए । १८५ रनको लक्ष्य पछ्याएको मदन भण्डारी १४.२ ओभरमा ७५ रनमा अलआउट भयो । उसका लागि अमर मिश्र र विजय प्रजापतिले १३-१३ रन जोडे । 

बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए भने सुवास खत्रीले ३ विकेट लिए । प्रतिश जिशीले २ विकेट हात पारे ।

कमेन्टहरु