नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन मंसिर १६ र १७ गते बुटवलमा

नवलपुर टुडे


बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन मंसिर १६ र १७ बुटवलमा हुने भएको छ । कांग्रेस प्रदेश सभापति अमरसिंह पुनका अनुसार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सम्मेलन उद्घाटनका अवसरमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू आउने कार्यक्रम तय भइसकेको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन भएकाले पनि प्रदेशमा रहेका १२ वटै जिल्लाबाट विशेष सहभागिता रहने गरी तयारी भएको छ । कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाका अनुसार उद्घाटन कार्यक्रममा सभापति देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति तथा उपप्रधान रक्षामन्त्री पूर्णबहादुर खड्का, संसदीय व्यवस्था तथा कानून मन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरु डा. चन्द्रकान्त भण्डारी, दीपक गिरी लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















