प्रभु साह नेतृत्वको आम जनता पार्टीद्वारा स्थायी कमिटी बैठक आह्वान

नवलपुर टुडे


काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले स्थायी कमिटीको बैठक आह्वान गरेको छ। राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन आजपाले मंसिर ११ गते पार्टी कार्यालय कोटेश्वरमा बैठक आह्वान गरेको हो ।
अध्यक्ष साहले देश संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको र राजनीतिक अस्थिरता कायमै रहेको दाबी गरे । सरकार–सरकारबिच द्वन्द्वको अवस्था रहँदा जनता भने निराश रहेको उनको भनाइ छ ।
प्रमुख पार्टीका नेताहरू अनिर्णयको बन्दी भई खुलेआम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै उनले देशको आर्थिक अवस्था दयनीय अवस्थामा पुगेको जिकिर गरे । बजारमा पैसाको हाहाकार छ । एकातिर देशबाट बर्सेनि खर्बौं पुँजी वर्तमान संकटको प्रमुख कारण विद्यमान शासन व्यवस्था र मुख्यतः दलतन्त्र भएको उल्लेख गर्दै साहले यसको विकल्प खोज्न जरुरी भैसकेको बताए ।
यस्ता संकटको समीक्षा तथा वर्तमान व्यवस्था र नेतृत्वको विकल्पबारे पार्टीको आधिकारिक धारणा तथा ठोस योजना निर्माणको लागि बैठक आह्वान गरिएको उनको भनाइ छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















