Opens in a new tab

टिकटकको मुद्दामा अन्तरिम आदेश भएन : सरकारसँग लिखित जवाफ माग

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं, मङ्सिर ५ गते। टिकटक प्रतिबन्धविरुद्धको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार सुनुवाइ गर्दै विपक्षीको माग बमोजिम अन्तरिम आदेश नदिएको हो। अन्तरिम आदेश नदिएको इजलासले सरकारलाई १५ भित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । यो मुद्दाको पूर्ण सुनुवाइका लागि मङ्सिर १९ गतेका लागि पेसी तोकिएको छ । 

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए। उक्त रिटमाथि सोमबार प्रारम्भिक सुनुवाइ भएको हो। सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो।

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय खारेजीको माग गर्दै मङ्सिर १ गते सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता त्रिलोकबहादुर चन्द, प्रेम सिलवाल, अनन्तराज लुइँटेल, डा.सुनिलरञ्जन सिंह, यज्ञमणि न्यौपाने र फर्सुराम पाण्डेलगायतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो।

रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको थियो।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएका छन्।  

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे