Opens in a new tab

अख्तियारद्वारा सर्वोच्चमा चार करोडको भ्रष्टाचार मुद्दा पुनरावेदन

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं, मङ्सिर ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेन्द्र ढुंगाना र मधु कोइरालाको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार प्रतिवादी ढुंगाना र कोइरालालाई विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

ढुंगाना र कोइरालाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी चार करोड ६८ लाख ४८ हजार ५५६ रुपियाँ भ्रष्टाचार गरेको आरोप आयोगको छ ।

प्रवक्ता दाहालले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार मङ्सिर ४ गते सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी दिनुभयो ।

 

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे