उपाध्यक्ष मशहूदको पहलमा खुला विश्वविद्यालयका डिन मदरसा बोर्डसंग समन्वय गर्न तयार

नवलपुर टुडे


कृष्णनगर, कपिलवस्तु मंसिर ४ । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको पहलमा खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइ सहित शिक्षाविद् डा. विद्यानाथ कोइराला, पूर्व जिशिआ अब्दुल रउफ तथा अमिर आजम लगायतको टोलीले जामिया सिराजुल उलुम मदरसा, आयशा गर्लस कालेज लगायत विभिन्न मदरसाका विद्यार्थी संग अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समितिले खुला विश्वविद्यालय संग समन्वय गर्दै आधुनिक शिक्षा र धार्मिक शिक्षा संग संगै लैजाने उद्देश्यका साथ अगाडि बढ्नु पर्ने आवश्यकता महसुस गर्दै स्नातक तहका लागि खुला विश्वविद्यालय संग समन्वय गर्ने बताए।
कार्यक्रममा बोल्दै खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइले मदरसामा कक्षा १२ (आलिम) पास गरिसकेका विद्यार्थीले खुला विश्वविद्यालयमा स्नातक तहमा स्लामिक स्टडीज तथा समाजशास्त्र बिषय अध्ययन गरेर विद्यार्थी हरू सरकारी सेवा तथा अन्य सेवामा सजिलै प्रवेश गर्न मदरसाका विद्यार्थी जाने बाटो खुल्ने बताउदै आफूहरू मदरसाका विद्यार्थी संग समन्वय गर्न तयार रहेको बताए। कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सेराज फारूकीले लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूदको पहल सराहनीय रहेको तथा मुस्लिम समुदाय र मदरसा शिक्षाको बारेमा सदनमा कुरा उठान गरिरहेको बताउदै मुस्लिम समुदायले समेत शिक्षामा सुधार ल्याउदै देशको हरेक क्षेत्रमा अगाडि आउनु पर्ने बताए।
कार्यक्रममा बोल्दै अब्दुल शबूर नदवीले मदरसा बोर्डको पहल सराहनीय रहेको बताउदै मौलाना मशहूदको पहलले मदरसा शिक्षालाई आधुनिक शिक्षा संग जोड्ने कुरा अविस्मरणीय रहने बताए। विद्यार्थी संग अन्तरक्रिया कार्यक्रममा शेख अब्दुल रशिद मदनीले सहजीकरण समेत गरेका थिए। कार्यक्रममा विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइ , शिक्षाविद् डा. विद्यानाथ कोइराला, प्रतिनिधि सभा सदस्य सेराज फारूकी, जाबेद आलम खान, अब्दुल शबूर नदवी लाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो।
कार्यक्रममा डा. शहाबुद्दीन, वृजेश कुमार गुप्ता, हैदर अली , जंग बहादुर, नदीम इद्रीशी, अब्दुल नूर सिराजी, अब्दुल सत्ततुर नदवी, खालीद रशीद, असरफ खान, वसीउल्ला मदनी लगायत शिक्षक विद्यार्थीको सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको थियो।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















