रुपन्देहीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर टुडे


बुटवल । रुपन्देहीको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलका भैरहवा सडक खण्डकको तिलोत्तमाको मणिग्राम लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१ ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परी रुपन्देहीका व्यवसायी माधवलाल देवकोटाको मृत्यु भएको छ । उनीसँगै मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ जानकी नगर बस्ने यादा क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक देवकोटा सहकारी सङ्घका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक थिए । विभिन्न सामाजिक तथा पेसागत सङ्घ संस्थामा आबद्ध देवकोटा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका सल्लाहकार समेत थिए ।
दुवै जनाको शव तिलोत्तमा रहेको क्रिमसन अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















